१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

अछाम र बझाङमा बाढीपहिरोको बितण्डाः २१ घर बगायो, ४ जनाको मृत्यु २१ जना वेपत्ता

३ भदाै, काठमाडाैँ । अछाम र बझाङमा बाढीपहिरोको बितण्डा मच्चाएको छ । २१ घर बाढीपहिरोमा बगेको छ भने २१ जना वेपत्ता भएका छन । अहिलेसम्म ४ जनाको शव भेटिएको छ । ३ वनाको सकुशल उद्धार गरिएको छ ।

बझाङको बुङ्गल नगरपालिका– ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् भने तीन जनाको उद्धार गरिएको छ । गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उहाँका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप ओखेडा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएकी पिललासहित उहाँको १६ वर्षीया छोरा अनिल र १० वर्षीया छोरी सन्तोषीको खिरापढी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अर्की छोरी १८ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएकाे प्रहरीले जानकारी दिएको छ ।

यस्तै अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । गाउँपालिका उपाध्यक्ष सरस्वती रावललेका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको १९ जना बेपत्ता रहेका छन । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।

मंगलबार रातीदेखि आएको अविरल बर्षापछि कैलाश खोलामा आएको बाढीले लाखौंको क्षति पु¥याएको छ । खोलाले मंगलसेन नगरपालिका वडा नम्बर १४ र बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नामा स्थित पक्की पुल बगाएको छ । छेउछाउका खेतहरु बगरमा परिणत भएका छन ।

प्रकाशित मिति : August 19, 2020 at 9:17 am