९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

धुमुर्सको बोली र विवरणको अन्तर, वीरका नाममा उठेको दुई लाख गायव (प्रमाणसहित)

१८ जेठ, काठमाडौँ । कालाकारिताको माध्यमबाट समाजसेवामा आएका सिताराम कट्टेल धुर्मुसले ‘धुर्मुससुन्तली फाउण्डेसन’का नाममा काम करिरहेका छन । भूकम्पपछि काभ्रेमा एउटा नमुना वस्ती बनाएर चर्चा बटुल्न सुरु गरेका धुर्मुस वीर अस्पताल सफाइ अभियानसम्म आइपुग्दा केही विवादित बनेका छन । सरकारी अस्पतालको नाममा धुर्मुसले फाउण्डेसनका नाममा चन्दा (सहयोग) संकलन गरेपछि उनी विवादित बनेका हुन । धुमुर्सको सामाजिक रुपमा आर्जन गरेको प्रतिष्ठा र सामाजिक सञ्जालका प्रयोगकर्ताबाट पाएको साथ र समर्थनका कारण उनले कमजोरी नै गरिहाले भने पनि समाजमा बोल्न डर मान्ने अवस्था सिर्जना भएको छ ।

यो अवस्था सिर्जना हुनुमा धुर्मुसको मिहेनत नै हो भन्नेमा कसैको दुईमत छैन । तथापी समाजसेवाको आवरणमा धुर्मुसले पनि कमजोरी गर्छन भने किन नबोल्ने र किन नलेख्ने त ? हो हामीले त्यही हिम्मत गरेका छौँ । वीर अस्पतालका नाममा कुनै एउटा फाउण्डेसनले कुनै कानुनी आधारविना चन्दा संकलन गर्नु गलत हो । वीर अस्पताल सफाइ अभियानसँग जोडिएका दुई वटा समाचार माथि समाचार लेखेर दैनिकीले सरकारको ध्यानाकर्षण गराउन सफल भएको छ । यसक्रममा हामीले थुप्रै सकारात्मक र नकारात्मक प्रतिक्रिया पाएका छौँ, गाली खाएका छौँ केही ताली पनि खाएका छौँ ।

दैनिकीको समाचार पछि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालमै पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरी यस विषयलाई सम्बोधन गरेकी छिन र उनले अब वीर अस्पतालका नाममा कसैले पनि चन्दा उठाउन नपाइने बताइन । उनले आगामी दिनमा कसैले चन्दा उठाएको जानकारी पाए आफूलाई खबर गर्न समेत आग्रह गरेकी छिन ।

समाचारपछि स्पष्टिकरण दिन खोजेका धुर्मुसले वीर अस्पतालमा भएको सफाइको प्रगति र खर्चको विवरण सार्वजनिक गरे । उनले जम्मा १४ लाख ६४ हजार ८३ रुपैयाँ पैसा वीर अस्पतालको नाममा त्यो पनि अस्पताल प्रशासनलाई समेत जानकारी दिएर संकलन गरेको बताए । उनले यही विचमा पेन्टरहरुको खर्चसहित ४८ लाख ६४ हजार ३ सय ४४ रुपैयाँ खर्च भएको हिसाब समेत पेश गरे ।

उनले हिसाबमात्रै पेश गरेनन हिसाबमा गोलमाल वा पैसा उठाएर दुरुपयोग गरेको प्रमाणित गर्न चुनौति दिए । उनले चुनौति मात्र दिएनन् आफूले कमजोरी गरेको भेट्टिए मर्नसम्म तयार रहेको दाबी गरे । सामाजिक सञ्जाल मार्फत सबै कुरा सार्वजनिक गरेको बताउने धुमुर्सको स्पष्टिकरणपछि दैनिकीले धुर्मुस सुन्तली फाउण्डेसनको फेसबुक पेजमा गएर वीरका नाममा संकलन भएको रकमको विवरण तयार गरेको छ । जसको स्क्रिनसट पनि हामीले समाचारमा संलग्न गरेका छौँ ।

उठाएकाे रकम र खर्चबारे जानकारी दिँदै धुर्मुस

फाउण्डेसनको वालमा भएकामध्ये उनैले घोषणा गरे वमोजिम हामीले वीर अस्पतलमै बसेर बुझेको र वीरको नाममा बुझेको रकमबारे उनैले लेखेका स्टाटसलाई संकलन गरेर हेर्दा उनले १६ लाख ६७ हजार ९ सय ४६ रुपैयाँ संकलन गरेको पायौँ । फाउण्डेसनको पेजमा धुर्मुसले नै सार्वजनिक गरेको विवरण र स्वास्थ्य राज्यमन्त्रीका अघि उनले पेश गरेको विवरणमै २ लाख ३ हजार ८६३ रुपैयाँ फरक पारे । यसलाई धुर्मुसको विगत हेरेर सामान्य मान्न पनि सकिएला तर रकमको कुरा हैन प्रवृतिसँग जोडेर हेर्दा यो गलत देखिएको छ ।

धुर्मुसले वीर अस्पताल सफाइका नममा बिना कानुनी आधार चन्दा उठाउने र अनि स्वास्थ्यमन्त्री कै अघि गतल विवरण पेश गरेर ‘बरु मर्न तयार छु’ भनेर दाबी गरेरमात्र हुन्छ र ? धुर्मुसले रकम उठाएर कतै अनियमितता र गरिरहेका छैनन भनेर आशंका गर्नेहरुका लागि यो घटनाले थप बल पु¥याएको छ । हुनत यस समाचार पछि जोसँग उनले चन्दा लिएका छन तीनलाई कन्भिन्स गरेर मैले फाउण्डेसनका लागिमात्रै त्यो रकम सहयोग गरेको हो भनेर प्रष्टिकरण दिलाउन पनि अवसर छ । तर उनैले सार्वजनिक गरेको विवरण र बोलेको बोलीमा  भने उनी चुकेका छन् ।

उनले मे ९ देखि ३१ सम्म वीर अस्पतालमै र वीर अस्पालका नाममा संकलन गरेको पैसाको विवरण यहाँ प्रस्तुत गरेका छौँ ।

–मे ३१ मा दैलख निवासी डा रविन खड्का र डा दीपिका खड्काबाट १ लाख रुपैयाँ
–मे ३० मा पर्यटन व्यवसायीको समूहबाट एकमुष्ठ ८ लाख १५ हजार २ सय ३० रुपैयाँ
–मे २८ मा चुनदेवी बस्ने अदिती घिमिरेबाट ५० हजार रुपैयाँ
–मे २२ मा गेरखाकी विष्णुमाया श्रेष्ठबाट २ हजार रुपैयाँ
–मे २२ मा बेलायतमा रहेका लालबहादुर गुरुङ र मुना गुरुङबाट ५० हजार रुपैयाँ
–मे २२ मा भोटेबहालकी गोम गुरुङले संकलन गरेको २ हजार ५ सय रुपैयाँ
–मे २२ मा कलंकीका डिल्लीराज पौडेलबाट १० हजार रुपैयाँ
–मे २२ मा पाटन अस्पतालका डा यज्ञराज पोखरेल, सशस्त्र प्रहरी अस्पतालका रामकृष्ण् बराल र आनन्दवन अस्पतालका डा पपिल श्रेष्ठबाट ५ हजार रुपैयाँ
–मे २२ मा जावलाखेल निवासी मार्गरेट टि जे (म्यागी) शाहबाट १ लाख रुपैयाँ ।
–मे २१ मा मोरङका टंक सुब्बासहित चार जनाबाट ११ हजार १ सय ११ रुपैयाँ
–मे १७ मा दाङकी मिना डांगीबाट ९ हजार १ सय ५ रुपैयाँ
–मे १७ मा अष्ट्रेलियामा रहेका तृष्णा थापा र विपिन गिरीबाट २० हजार रुपैयाँ
–मे १७ मा दुबईमा रहेका तेजघिसिङले साथीहरुबाट संकलन गरेको ८७ हजार रुपैयाँ
–मे १६ मा मुक्तिनाथ विकास बैंकबाट १ लाख रुपैयाँ
–मे १५ मा समुले साइनिङ ग्रुपबाट १ लाख ५ हजार रुपैयाँ
–मे ९ मा लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानबाट २ लाख १ हजार रुपैयाँ

यो पनि पढ्नुहोस्

–वीर अस्पतालका नाममा चन्दा उठाउनु गलत, सफाइको खर्च सरकारले व्यहोर्छः राज्यमन्त्री अर्याल

–धुमुर्स भन्छन लुट प्रमाणित भए मर्न तयार छु (भिडियोसहित)

हेर्नुहोस् धुर्मुसको बोलीपछि फाउण्डेसनको वालबाट लिइएको स्क्रिनसट

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ०९:५१