गृहमन्त्रीकाे पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा नुवाकोटका २ युवती घाइते
२ भदाै, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा (बादल)को पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।

गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक नुवाकोटको तत्कालीन कविलास गाउँविकास समिति वडा नम्बर–१ की २२ वर्षीया लीला थापा र २६ वर्षीया सुदा थापा घाइते भएका छन् । उनिरू दुवै जनाकाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : August 18, 2020 at 2:15 pm



