१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बेलायतमा व्यवसायरत रवीजंग लामिछानेद्धारा कोरोना उपचार कोषमा १५ लाख सहयोग

२ भदौ, काठमाडौँ । बेलायतमा व्यवसायरत रवीजंग लामिछानेले सरकारको कोरोना राहत कोषमा १५ लाख हस्तान्तरण गरेका छन् ।  लामिछानेले कोभिड १९ रोकथाम, नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधा तथा रक्षामन्त्री इश्वर पोखरेललाइ भेटेर लामिछानेले १५ लाख १७ हजार ७२७ रुपैयाँको चेक हस्तान्तरण गरेका छन ।

सहयोगसँगै लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पठाएको पत्र समेत उपप्रधानमन्त्री पोखरेललाइ हस्तान्तरण गरिएको छ ।  उक्त पत्रमा लामिछानेले विपदको समयमा आफुले सहयोग गर्दै आइरहेको उल्लेख गरेका छन । उनले यस अघि सिन्धुपाल्चोकको जुरे पहिरो पीडितलाई ३ लाख ५१ हजार, ७२ को भूकम्पको समयमा ५१ लाख रुपैयाँ व्यक्तिगत रूपमै सहयोग गरेका थिए ।

सहयोग बुझ्दै उपप्रधानमन्त्री पोखरेलले लामिछानेले विभिन्न समयमा सहयोगि हात बढाएको स्मरण गरे। उनले कोरोना नियन्त्रणका लागि सरकारका कामले मात्र नभइ नागरिक पनि सचेत रहनु पर्ने बताए। उनले सीमित स्रोत साधान हुँदा हुँदै पनि देशभर ४० वटा परीक्षण ल्याब बनाउन सफल भएको बताए।

कोरोनाका नाममा कुनै पनि अनियमितता नभएको बताउँदै उनले सबै खर्च पारदर्शि भएको बताए। ‘सबै खर्च हेर्न सकिन्छ’, उनले भने, ‘खर्चको विवरण राख्ने र परीक्षण गर्ने संस्थाहरु पनि छन्। महालेखाले पनि लेखापरीक्षण गर्छ।’ उनले पीसीआर परीक्षणमा नयाँ मोडालिटी लिने पनि बताए।

प्रकाशित मिति : August 18, 2020 at 1:43 pm