९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

कर्मचारीको आन्दोलनले बन्द पोखराको मणिपाल अस्पताल आजबाट पुनः सञ्चालनमा

१८ जेठ, कास्की । कर्मचारीको आन्दोलनका कारण ईमर्जेन्सी बाहेक सबै सेवा ठप्प भएको पोखराको मणिपाल शिक्षण अस्पताल आजबाट पुनः सञ्चालनमा आउने भएको छ ।
अस्पताल व्यवस्थापनले ४ कर्मचारीलाई विनाआधार जागिरबाट निकालेको भन्दै कर्मचारिले आन्दोलन गरेका कारण १० दिनदेखि अस्पतालमा ईमर्जेन्सी बाहेकका सवै सेवा बन्द भएको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयमा विहिवार भएको सर्वपक्षीय वार्तामा आजदेखि सवै सेवा सञ्चालन गर्ने सहमति भएको थियो ।
मणिपालको समस्याको छानविनका लागि प्रदेश सरकारले एक छानविन समिति गठन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री नरदेवी पुनले बताए । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले छानविन समिति गठन गर्ने र मणिपालमा पटकपटक आउने समस्याको समाधानका उपाय खोजिने मन्त्री पुनले बताए ।
त्यसैगरी निस्कासनमा परेका कर्मचारीको पुनर्वहाली नहुने अस्पतालले जनाएको छ । आन्दोलनरत कर्मचारीलाई काममा फर्किन अनुरोध गर्दै अस्पतालले कुनै कुरा चित्त नबुझेको भए अदालत जान भनेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ०७:१५