काेराेना संक्रमणका कारण तनहुँकी १ महिलाको मृत्यु
२ भदौ, पोखरा । कोरोना संक्रमणका कारण तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँकाे ब्यास नगरपालिका –१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साउन ३२ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको थियाे । उपचारका क्रममा हिजो राति उनकाे मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’
प्रकाशित मिति : August 18, 2020 at 10:39 am



