कोरोना संक्रमणबाट काठमाडौँमा १ महिलाको मृत्यु
१ भदौ, काठमाडौँ । कोरोना संक्रमणका कारण काठमाडौँमा १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पाटन अस्पतालको आईसीयूमा उपचाररत ५८ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको हो ।

२८ साउनमा श्वासप्रश्वासमा समस्या भएपछि उनि अस्पताल भर्ना भएकी थिइन् । उनी मधुमेहकाे विरामी समेत थिइन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।
प्रकाशित मिति : August 17, 2020 at 5:21 pm



