बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण
१ भदौ, मकवानपुर । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण पुष्टि भएकाे छ। हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा गरिएकाे परिक्षणमा उनमा काेराेना पुष्टि भएकाे हाे । सोमबार आएको रिपोर्टमा उपसभामुख तामाङसहित १६ जनालाई काेराेना सङ्क्रमण पुष्टि भएको हाे।

तीन दिनअघि उपसभामुख तामाङको स्वाब लिइएको थियो। त्यसअघि लिइएको स्वाबबाट पनि रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको थियो। सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन्। तामाङसँगै उनका छोरामा पनि कोरोना देखिएको छ । तामाङमा कुनै स्वास्थ्य समस्या देखिएको छैन।
प्रकाशित मिति : August 17, 2020 at 5:09 pm



