३४ जनाको स्वाब परीक्षण गर्दा नगर र अस्पताल प्रमुखसहित ३३ जनामा कोरोना पोजेटिभ
१ भदौ, वीरगञ्ज । पर्सामा नगरपालिका र अस्पतालका प्रमुखसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिकामा नगरप्रमुख र अस्पताल प्रमुखसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा नगरप्रमुख र अस्पताल प्रमुखसहित ३३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

३४ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन । उनका अनुसार नगरपालिकाका प्रमुख दीपनारायण रौनियार र पोखरिया अस्पतालका प्रमुख अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन २६ गते ३४ जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । कोरोना संक्रमण पुष्टि हुनुमा अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी, नगरपालिकाका वडा अध्यक्ष, नगरप्रमुखका परिवारका सदस्य, चालक लगायतका रहेका छन ।
प्रकाशित मिति : August 17, 2020 at 8:31 am



