परम्परागत चित्रकार प्रेममानको निधन
३२ साउन, काठमाडौँ । वरिष्ठ परम्परागत चित्रकार प्रेममान चित्रकारको ७८ वर्षका उमेरमा आज निधन भएको छ । नेशनल हस्पिटल कलङ्कीमा उपचारका क्रममा उहाँको आज अपरान्ह १ः३० बजे निधन भएको नेपाल ललितकला प्रज्ञा ९प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिनुभयो । उच्चकोटिको पौभाः लेखनमा सिद्धहस्त चित्रकार नेपाल भाषाका गीतकार पनि हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यसैबीच प्रतिष्ठानले आज शोक वक्तव्य जारी गरी उहाँका निधनले स्तब्ध भएको जनाएको छ । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै प्रतिष्ठानले उहाँप्रति श्रद्घाञ्जली अर्पण गरेको छ । वक्तव्यमा यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी समवेदना प्रकट गरिएको छ । उहाँको परम्परागत चित्रकलामा महत्वपूर्ण योगदान रहेको र उहाँले धेरै कलाकार उत्पादन गरेको कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति : August 16, 2020 at 6:33 pm



