कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिका अनिश्चितकालीन बन्द
३२ साउन, बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जनाउनुभएको छ ।
प्रकाशित मिति : August 16, 2020 at 2:28 pm



