१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रहरी अस्पतालमा कार्यरत २ उच्च प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि

३२ साउन, काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका कार्यरत २ उच्च प्रहरी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएकाे छ। बिहीबार अस्पतालमा कार्यरत सबैको  स्वाब संकल गरेर परीक्षण गरिएको थियो । शनिबार उनीहरूको रिपोर्ट  आएको थियो हाे । हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १ सय ५५ जनामा काेराेना संक्रमण देखिएको छ, उनिहरू सबैको विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको छ।

पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचारीमा काेराेना संक्रमण बढिरहेको छ ।नेपालभर ६ सय २० जना प्रहरीमा कोरोनामा काेराेना संक्रमण देखिएको छ। जसमध्ये ३ सय ८०को उपचार भइरहेको छ भने २ सय ४० जना निको भइसकेका छन्।

प्रकाशित मिति : August 16, 2020 at 1:01 pm