२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै  लियोन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

३२ साउन, काठमाडाैँ । म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै  लियोन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । राति भएको खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै लियोन अन्तिम चारमा प्रवेश गरेको हो । खेलको २४ औं मिनेटमा कोर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए । ६९ औं मिनेट म्यानचेस्टर सिटीका डि ब्रयोनले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

तर डेम्बेलेले ७९ र ८७ मिनेटमा गोल गरेपछि लियोन ३-१ ले विजयी भयो । योसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।अब पहिलो सेमिफाइनलमा पर्सि राति आरबी लेइप्जिग र पेरिस सेन्ट जर्मेन खेल्नेछन् भने बुधबार राति लियोन र बार्यन म्युनिखबीच प्रतिस्पर्धा हुनेछ । लिगको उपाधिको लागि अर्को आइतबार राति खेल हुनेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार ०७:५४