काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी नुवाकोटका एक युवककाे हत्या
३० साउन, काठमाडाैँ । काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या गरिएकाे छ । शुक्रबार सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हाे । तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर तामाङको हत्या गरेको हाे ।
उनिहरूबीच भनाभनपछि विवाद हुँदा तामाङमाथि छुरा प्रहार भएकाे थियाे । छुरा प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

लक्ष्मणमाथि छुरा प्रहार गर्ने दोर्जे तामाङ फरार भएका छन् । उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको टोली खटिएको छ ।
प्रकाशित मिति : August 14, 2020 at 10:43 pm



