शुक्रबार ५९४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५ हजार नाघ्याे
३० साउन, काठमाडाैँ । नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ । हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।
प्रकाशित मिति : August 14, 2020 at 4:26 pm



