सिन्धुपाल्चोकको लामा गाउँमा भीषण पहिरोः १३ घर पुरिए, पाँच घरका सबै परिवार वेपत्ता
३० साउन, चाैतारा । सिन्धुपाल्चोकको लामा गाउँमा भीषण पहिरो गएको छ । पहिरोले ठूलो भाैतिक क्षति गरेको छ । पहिरोमा १३ घर पुरिएका छन भने पाँच घरका सबै परिवार वेपत्ता भएका छन । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा गाउँमा पहिरो जाँदा १३ वटा घर पुरिएका हुन ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले १३ घर पुरिएका छन् । सभामुख अग्नी सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्याैपानेका अनुसार १५ जना पहिरोबाट निस्केर अप्सीचाैर भन्ने स्थानामा पुगेका छन । न्याैपानेका अनुसार उद्धार गर्न जान सक्ने अबस्था मसेत रहेको छैन । ५ घरका सबै सम्पर्क विहिन रहेको र उनीहरूको परिवारमा कति जना सदस्य थिए भन्ने समेत खुलेको छैन । पहिरोमा परेकाहरूको हेलिकप्टर परिचालन गरेर उद्धार गर्ने तयारी भैरहेको जुगल गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : August 14, 2020 at 8:56 am



