१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कालीकोटको महावै गाउँपालिकामा पहिरो, एकै परिवारका ६ जनाको मृत्यु

३० साउन, कालीकोट । कालीकोटमा पहिरोले एक घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति साढे १२ बजे सोही वडा वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरेको हो ।

फाइल फोटो ।

प्रहरीका अनुसार पहिरोमा परी १९ वर्षीया शान्ति विष्ट, १० वर्षीया रेशा विष्ट, १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ। मृतकमध्ये शान्ति र रेशा रजबहादुरका दाजु डिलबहादुरका छोरी हुन भने बाँकी चार जना रजबहादुरकै छोरा र छोरी हुन ।

प्रकाशित मिति : August 14, 2020 at 8:41 am