काठमाडौँ उपत्यकामा थपिए १२७ जना काेराेना संक्रमित
२९ साउन, काठमाडाैँ । काठमाडौँ उपत्यकामा १२७ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। प्रवक्ता गाैतमका अनुसार काठमाडौँका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको हाे ।

बिहीबार देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसहित नेपालमा काेराेना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।यस्तै सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगेको छ। मन्त्रालयका अनुसार १६ हजार ८ सय ३७ जनाले कोरोना जित्नेका छन्।
क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७६९ जना पुगेको छ भनेआइसोलेसनमा ८ हजार २५ जनाको उपचार भइराखेको छ । यस्तै हालसम्म ९५ जनाको कोरोनाबाट मृत्यु भएको छ।
प्रकाशित मिति : August 13, 2020 at 4:47 pm



