१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बिहिबार ५२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो

२९ साउन, काठमाडाैँ । नेपालमा बिहिबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।


पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ । हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

प्रकाशित मिति : August 13, 2020 at 4:26 pm