५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कुखुराको मासुमा पनि भेटियाे कोरोना संक्रमण


२९ साउन, एजेन्सी।  ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको छ । चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको जनाएको छ । सेन्जेन शहरको स्थानीय प्रशासनले विज्ञप्तिमार्फत् कुखुराको मासुमा कोरोना संक्रमण भेटिएको जानकारी गराएको हो ।

विज्ञप्तिमा फ्रोजन कुखुराको पखेटामा कोरोना संक्रमण भेटिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १३:५२