१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

त्रिवि अस्पतालका डाक्टर र नर्समा कोरोना संक्रमण पुष्टि , आकस्मिक विभाग सिल

२९ साउन, काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण पुष्टि भएकाे छ। आकस्मिक विभागका ४ नर्सिङ स्टाफ र २ जना डाक्टरलाई कोरोना संक्रमण भएको छ । उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक विभाग  सिल गरिएको छ।

 

अस्पतालमा कार्यरत अरु चिकित्सक तथा नर्सलगायतका स्टाफको पीसीआर परीक्षणको नतिजा आएपछि सेवा सुचारु हुने छ । अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु रहेको  छ।

प्रकाशित मिति : August 13, 2020 at 11:39 am