बुधबार ४८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४ हजार ४३२ पुग्यो
२८ साउन, काठमाडाैँ । नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ । आज थप ८ जनाको मृत्यु पुष्टि भएसँगै मन्त्रालयका अनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।
प्रकाशित मिति : August 12, 2020 at 4:47 pm



