२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

अवसर पाए वेष्ट इण्डिजविरुद्ध राम्रो खेल्छुः सन्दिप

१५ जेठ, काठमाडौँ । वेष्ट इण्डिजविरुद्ध टी ट्वान्टी क्रिकेटका लागि आईसीसी ‘वर्ल्ड ११’ मा रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले मैदान प्रवेशको अवसर पाए उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन । खेलका लागि आजै बेलायत प्रस्थान गर्न लागेका सन्दिपले पत्रकारहरुसँग भने, ‘अवसर पाएँ भने राम्रो प्रदर्शन गर्नेछु ।’

लामिछानेले केही दिन अघि आईपीएलमा खेलेर फर्किएका उनले त्यसमा राम्रा खेलाडीसँग खेल्न पउँखा नयाँ अनुभव हाँसिल गरेको बताए । उनले आफूले आफूमाथि विश्वास राखेर अघि बढ्दा सफलता मिल्दै जाने बताए । खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष आँधिका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको हो ।

सन्दीपले सन् २०१६ जुलाईमा लडर्समै एमसीसीविरुद्ध नेपाली टोलीबाट खेल्दा २५ रन खर्चेर एक विकेट लिएका थिए । जसमा नेपाल विजयी भएको थियो ।

प्रकाशित मिति : 15:06