२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

ल्याबको क्षमता वृद्धि गर्दै विध म्यानेजमेन्ट, अब ४ हजारमै पीसीआर परीक्षण गर्ने

१८ साउन, काठमाडाैँ । सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्ट प्रालिले अब ४ हजारमै आरटी पीसीआर परीक्षण गर्ने भएको छ । विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड १९ को महामारीमा परीक्षणको दायरा बढाउँदै छिटो भन्दा छिटो संक्रमितको पहिचान गर्ने सरकारको अभियानमा साथ दिन पाउँदा खुसी मिलेको म्यानेजमेन्टले जनाएको छ ।

प्रारम्भिक परीक्षणको नतिजा अनुसार ल्याबको क्षमता प्रयोग गर्दा रु ४ हजारमा नै आरटी पीसीआर परीक्षण गर्न सकिने देखिएपछि शुल्क घटाएको ल्याब प्रमुख विके भण्डारीले बताए । उनका अनुसार महामारीको यो अवस्थामा जनताको सेवालाई ध्यानमा राख्दै ल्याब खर्च समावेश हुनेगरी मात्र शुल्क राखिएको हो ।

१५ साउनबाट स्वाब संकलन गरेर परीक्षण सुरु गरेको यस ल्याबले करिब ५ घन्टामा तयार हुँदै अँएको रिपोर्ट सेवा र सुविधालाई तीव्र बनाउँदै ४ घन्टामै रिपोर्ट लिन सकिनेगरी काम गरिरहेको म्यानेजमेन्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘हाम्रो प्रयोगशालाको दैनिक नमुना परीक्षण क्षमता ४२०० भन्दा बढी रहेको छ । सरकारले अनुमति दिएसँगै हामीले यसअघि प्रति टेष्ट ४५०० का दरले गर्ने भनेर मुल्य तोकेका थियौं ।’ जारी विज्ञप्तिमा जनाइएको छ, ‘हाम्रो प्रारम्भिक परीक्षणको नतिजा अनुसार ल्याबको क्षमता प्रयोग गर्दा हाम्रो ल्याबमा रु ४ हजारमा नै आरटी पीसीआर परीक्षण गर्न सकिने देखिन आएको छ ।’

अन्तर्राष्ट्रिय बजारमै कोरोना परीक्षणका लागि प्रयोग हुने किट लगायत वस्तुको भारी गिरावट आइरहेकोले सरकारले तोकेको अधिकतम मूल्यभन्दा पन्ध्र सय रुपैंया सस्तोमा परीक्ष गर्ने तयारी कम्पनिले गरेको हो ।’

प्रकाशित मिति : August 2, 2020 at 2:46 pm