५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अन्ततः भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागिन

१५ जेठ, काठमाडौँ । प्रदेश २ को अस्थायी राजधानी रहेको धनुषामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा उपस्थितलाई भारतीय भनेर अपमान गरेकी विदेशमन्त्री सुष्मा स्वराजले अन्ततःमाफी मागेकी छिन । मन्त्री स्वराजले आफूबाट गल्ती भएको भन्दै ट्विटरमार्फत् माफी मागेकी छिन ।

नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन गरेको भन्दै नेपालीलाई अपमान गर्ने अभिव्यक्ति दिएकी थिइन । सुष्माले आफ्नो सम्बोधनको भिडियोसहित राखेर लेखेकी छिन, ‘मेरो तर्फबाट यसमा गल्ती भयो । म इमान्दारीका साथ यसमा माफी चाहान्छु ।’

यो पनि पढ्नुहोस्

–भारतीय विदेशमन्त्रीको आपत्तिजनक अभिव्यक्ति, मधेसका नेपालीलाई यसरी गरिन अपमान (भिडियोसहित)

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार ०९:००