गणतन्त्र दिवसमा टेलिकमको उपहारः मिस्ड कल एलर्ट सेवा निःशुल्क
२५ जेठ, काठमाडाैँ । नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा आजदेखि पुनः संचालनमा ल्याउन लागेको छ । नेपाल टेलिकमले गणतन्त्र दिवसका अवसरमा मिस्डकल एलर्ट सेवा पुनः संचालनमा ल्याउन लागेको जनाएको छ।
मिस्ड कल सेवा जीएसएम पोष्टपेड तथा प्रिपेड मोवाइलमा लागू हुने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।कम्पनीका अनुसार सेवाग्राहीले नम्बर व्यस्त हुँदा, नेटवर्क नभएको अवस्थामा र स्विच अफ भएको बेला फोन आउँदा एसएमएसमार्फत नोटिफिकेसन पाउनेछन् ।

उक्त सेवा लिनकालागि सेवाग्राहीले एसयुबी एसिए लेखेर १४०० मा एसएमएस अथवा डायल गर्नुपर्ने प्रावधान रहेको बिज्ञप्तीमा उल्लेख छ। कम्पनीका अनुसार उक्त सेवा १५ दिनकालागि निशुल्क लिन सक्नेछन् भने सो अवधिपछि मासिक पाँच रुपैयाँ सेवा शुल्क लाग्नेछ।
जिएसएम र सिडीएमए सेवाग्राहीले कम्पनीको नेट्वकभित्र १८ रुपैयाँमा एक घण्टा भ्वाइस, एसएमएस र डाटा चलाउन सक्ने कम्पनीले बताएको छ।
प्रकाशित मिति : May 29, 2018 at 7:27 am









