२० पुष २०८१, शनिबार | Sat Jan 4 2025

कोरोनाका कारण साउदीमा स्याङ्जाका १ युवाको मृत्यु

१२ साउन, स्याङ्जा । रोजगारीका लागि साउदी अरबमा गएका स्याङ्जाका १ युवाको कोरोना  संक्रमणबाट मृत्यु भएको छ।  ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिएका छन्। साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ वर्षीय श्रेष्ठको आइतवार मृत्यु भएको छ ।

श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअगाडि मात्रै साउदी पुगेका थिए। एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय हुनुहुन्थ्यो ।  श्रीमतीसहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाडाैँनै छोडेर एक्लै गएका थिए। श्रेष्ठका श्रीमती, आमा र एक जना भाइ छन्।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार ११:२२