५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

डोटीमा जीप दुर्घटना ४ जनाको घटनास्थलमै मृत्यु, १० जना घाइते

१४ जेठ, डोटी । डोटीको बोगटान गाउँपालिका–६ गगुडा पलाडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन । प्रहरीका अनुसार मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया र इन्नरी रावल रहेका छन् । एक जना मृतक महिलाको भने सनाखत भएको छैन् । घाइतेहरूको स्थानीयवासीले उद्दार गरी अस्पताल पठाएका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १८:११