५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ठगी गर्ने पेट्रोल पम्पमा सिल लगाउन मन्त्री यादवकाे निर्देशन

१४ जेठ, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उपत्यकामा ठगी गर्ने पेट्रोल पम्पमा सिल लगाउन निर्देशन दिएका छन् ।मन्त्री यादवको निर्देशनमा उपत्यकाको विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ ।

नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा कैफियत गर्ने ती पेट्रोलपम्ममा ‘सिल’ गरिएको हो ।

अनुगमनमा परेका एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएको सन्तोष विष्टले जानकारी दिए । उनका अनुसार प्रशान्तिले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति दश लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १२:५१