४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

भक्तपुरमा छतबाट खसेर बालिकाको मृत्यु

१२ जेठ, भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित प्रेमप्रसाद सुवालको तीनतले पक्की घरको छतबाट खसेर आज छ वर्षीया बालिकाको मृत्यु भएको छ ।

काभ्रे कोशीपारि घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने विकास लामाकी छोरी लमी लामा छतमा खेल्ने क्रममा अचानक खस्दा मृत्यु भएको हो ।

छतबाट खसेर घाइते भएकी लामालाई उपचारका लागि उनकै बुबाले मध्यपुर अस्पताल लगेकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । घटनाको महानगरीय प्रहरी वृत्त जगातीले थप अनुसन्धान गरिरहेको प्रनाउ प्रसार्इंले बताउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार २१:०१