१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आइपिओ निष्कासनकाे अनुमतिका लागि डिसहोम पुग्याे धितोपत्र बोर्ड

३० असार, काठमाडाैँ । डिसहोमले साधारण शेयर (आइपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेकाे छ । डिसहोमले आइपीओ निष्कासन गर्न साेमबार बोर्डमा निवेदन पेश गरेकाे हाे ।


डिसहोमले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा २३ लाख कित्ताको साधारण शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेकाे हाे । यस्तै, डिसहोमकाे २०७५ साल पुस २७ गते सम्पन्न भएकाे साधारण सभाले सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । डिसहोमकाे साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १५:२३