४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मृग मार्ने नाममा सङ्खुवासभाका २७ वर्षीय योगेन्द्र पौडेलकाे गाेली हानी हत्या

१२ जेठ, काठमाडाैँ । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तेल्लोकमा शनिबार २७ वर्षीय योगेन्द्र पौडेलकाे गाेली हानी हत्या भएको छ । शनिबार अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर पाैडेलको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ । गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरी चौकीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । शव परीक्षण हुन बाँकी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार २०:५३