१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

ग्लोबल आइएमई बैंकद्वारा बाग्मती प्रदेश सरकारलाई कोरोना रोकथामका लागि १० लाख सहयोग

२९ असार, काठमाडाैँ । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई रु. १० लाख सहयोग गरेको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका माननीय मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन् आग्रह गर्नुभयो । कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १८:३५