१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

अजोड इन्स्यारेन्सको आइपिओमा पर्यो ६ गुणा बढी आवेदन

२९ असार, काठमाडाैँ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) मा माग भन्दा ६.०१९ गुणा बढी आवेदन परेको छ । असार २५ गतेदेखि निष्कासन गरेको आइपीओमा अन्तिम दिनसम्म ६.०१९ गुणा बढी आवेदन परेको हो । निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार अन्तिम दिन सोमबार बेलुका ५ बजेसम्म ४ लाख ५८ हजार ६४९ जना आवेदकले १ करोड ८० लाख ५८ हजार कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये, ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । अपाेडले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १७:५३