१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

साधना लघुवित्तको आइपीओ बाँडफाँड, १० कित्ताका दरले ६६ हजार १५२ जनाले पाए शेयर

२९ असार, काठमाडाैँ । साधना लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड गरेकाे छ । ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन ।

लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो। लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १७:२६