१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

२९ असार, काठमाडाैँ । साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक २.१२ अंकले बढेकाे छ । स्टकका अनुसार साेमबार शेयर बजार २.१२ अंकले बढेर एक हजार ३४२.४० मा पुगेकाे छ । नेप्से ०.१६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८१ अंकले बढेर २८२.२३ मा पुगेको छ ।

कूल १८४ वटा कम्पनीकाे ३७ लाख ३३ हजार ५०५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८ करोड ८७ लाख १६ हजार १ सय १८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १५:४८