११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

यो छोरीलाई लाग्छ हजुर गुन्यु अनि चोली राम्रो (गजल)


–सीता शर्मा

बाह्रै महिना कलकल गर्ने मेरै देशको खोली राम्रो ।
चिरबिर-चिरबिर कुहुकुहु कोइलीको बोली राम्रो ।

कोही लाउछन् कुर्थासुरुवाल कोहीले सर्ट पाइन्ट
यो छोरीलाई लाग्छ हजुर गुन्यु अनि चोली राम्रो ।

फरक धर्म, संस्कृतिलाई सम्मान गर्छु मैले पनि
तर पनि मनले मान्छ दसैं, तिहार, होली राम्रो ।

सादा जीवन उच्च विचार हुनु छैन तडक भडक
कम्मरमा हँसिया खुर्पेटो तेसै माथी झोली राम्रो ।

असंख्य यी जल जङ्गलका जडिबुटी चिन्न सके
आफ्नै देशमा बनाएको औषधीको गोलि राम्रो ।

हाल लमही ५ दाङ

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार १०:३०