२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सगुनको भ्यालुएसन बढ्ने निश्चित, प्रयोगकर्ता उत्साहजनक रुपमा बढे


१० जेठ, काठमाडाैँ । सामाजिक संजाल सगुन डटकमका प्रयोगकर्ताहरु बढ्दै गएका छन् । भारत, नेपाल लगायतको देशमा यसका प्रयोगकर्ताहरु एप सार्वजनिक भएसगै द्रुत गतिमा बढिरहेको सगुनले जनाएको छ ।

भारतमा मात्र यसका प्रयोगकर्ता १ मिलियन भन्दा बढी यस अघि नै पुगिसकेका छन । अमेरिकामा दर्ता भएको सगुनले ग्लोबल मार्केटमा मिनी आइपिओ मार्फत तेस्रो चरणको सेयर निष्काशन गरी लगानी भित्राइरहेको छ । लगानीको लागि अव केही दिन मात्र रहेकाले सेयरमा लगानी बन्द भएपछि हुने भ्यालुएसन धेरै गुणाले बढ्ने संकेत देखिएको हो ।

भ्यालुएसन बढेसगै प्रति सेयरको मुल्य समेत बढ्ने छ । सर्बसाधारणका लागि मिनी आइपिओ निस्कासन गरेको कम्पनीको मूल्यांङ्कन यसरी गुणात्मक रुपमा बढ्दै गएको हो । सगुन सन् २०१४ मा स्थापना हुँदा यसका युजर केही हजार मात्र थिए । त्यतिखेर यसको मूल्यांकन २० लाख डलर बराबर थियो । त्यसको २ बर्षपछि सन् २०१६ मा यसका प्रयोगकर्ता ६ लाख ३२ हजार पुगे । त्यतिखेर मूल्यांकनकर्ताले यसको कुल सम्पत्तिको मूल्यांकन १ करोड ५० लाख रुपैयाँ गरेका थिए ।

मिनी आइपिओ जारी गर्नुअघि भएको भ्यालुएसन ९ करोड ३० लाख अमेरिकी डलर भएको थियो । सगुन को सेयरमा लगानी गर्न आगामी जुनको दोस्रो हप्तासम्म बिश्वभरबाट लगानी गर्न सक्नेछन । त्यसपछि हुने भ्यालुएसनमा युजर र लगानीमा उलेख्य रुपमा बृद्धी भएको कारण भ्यालुएसन गुणात्मक रुपमा बृद्धि हुने निश्चित प्राय देखिन्छ । बिश्वभर आइटी कम्पनीहरुले राम्रो प्रगति गरिरहेका बेला नेपालीको आइडियामा स्थापना भएको सगुन इंकले लगानीको अबसर अझै केही हप्ता दिएको छ ।

आइटी कम्पनीहरुको प्रतिफल उत्साहजनक भएकाले समेत लगानीकर्ताहरु झुम्मिरहेका छन् । अझ पछिल्लो समय हिस्दुस्तान टाइम्सको सिङ्गापुर अपिसले समेत सगुनमा ५ मिलियन डलर लगानी गर्ने सम्झौता भएसगै सगुनमा लगानी गर्न बिश्वास अझै बढ्दै गएको छ । सगुनले कसरी कमाउला भन्ने जिज्ञासा धेरैमा अझै छ । सगुनका संस्थापक गोविन्द गिरी मोनिटाइजेसन गर्ने सिस्टम विकास गरिरहेको बताउदै आएका छन ।

विश्वब्यापी रुपमा आम मानिसले औषतमा २ देखि ६ घन्टासम्म सामाजिक संजालमा विताउने गरेका बिभिन्न रिपोर्टहरुले देखाएको छ । यसले प्रयोगकर्ताको महत्वपूर्ण समय खेर गइरहेको छ । तर सगुनमा समय बिताएबापत प्रयोकर्तालाई नाफाको हिस्सा उपलब्ध गराउने महत्वकांक्षी योजना समेत ल्याएको बताएको छन । नेपाली मूलका सगुनका संस्थापक गिरीले दावी गरे अनुसार अघि बढे सगुनले हरेक प्रयोकर्ताले आफ्नो समय खर्च गरे बापत नाफाको ५ प्रतिशत पाउनेछन ।

आम्दानी प्रयोगकर्तालाई बाँड्ने सगुन पहिलो सोसियल नेटवर्क हुने दावी गिरीको छ । सगुनले यसै २०१८ सालको अन्त्य सम्ममा सोसिएल स्मार्ट कार्ड बजारमा ल्याउन सुरु गर्ने बताएको छ । वास्तवमा स्मार्ट कार्ड आएपछि मात्र सगुनले बिश्वमा छलाङ मार्ने बिश्वास लिइएको छ ।

सगुनले आम्दानी गर्ने बिभिन्न योजनाहरु बनाइसकेको छ । एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभर्टाइजिङ हो । यसमा सगुनले आफ्नो एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालको विज्ञापन राख्ने योजना बनाएको छ । अन्य धेरै योजनाहरु समय आएपछि मात्र सार्वजनिक गर्ने बताइएको छ । सगुनले अमेरिकाको जब्स एक्ट अनुसार मिनी आइपीओ निस्कासन गर्ने अनुमति पाएको थियो । मिनी आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना बोकेका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अवसर पाउँछन् ।

बिदेशी कम्पनीमा नेपाल भित्रबाट लगानी गर्ने कानुन बनिनसकेकोले बिदेशमा बस्ने बैक खाता भएका नेपालीहरुले भने लगानीको अवसर पाउनेछन । सगुनले प्रतिसेयर २३ डलरका दरले कम्तिमा १ हजार डलर लगानी गर्नु पर्छ । बढीमा बार्षिक आम्दानीको १० प्रतिशत सम्म लगानी गर्न सक्ने कानुनी ब्यवस्था रहेको छ । लगानी विदेशमा बस्ने बैक खाता भएका हरेक ब्यक्तिले जुनको दोस्रो हप्ता भित्रमा सेयर किन्न सगुन डटकम/इन्भेस्टमा गएर अनलाइनमार्फत आवेदन गरी क्रेडिट र डेविट कार्डबाट वा बैकबाट वायर ट्रान्सफर गरी लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार २२:४०