२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

अष्ट्रेलियाको ८१ औँ धनी शेष घले दम्पति, ८ सय ७६ मिलियन डलर कुल सम्पति


११ जेठ,अष्ट्रेलिया । अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष अष्ट्रेलियाको ८१ औं धनीको सूचीमा परेका छन् उनिहरुको ८ सय ७६ मिलियन डलर कुल सम्पति पुगेको छ ।

गत वर्ष १०१ औं स्थानमा रहेका घले दम्पति यो वर्ष २० स्थान माथि उक्लिएका हुन् ।

अष्ट्रेलियाको फाइनान्सीयल रिभियूले हरेक वर्ष सार्वजनिक गर्ने धनीको सूची अनुसार उनीहरुको कुल सम्पति ८ सय ७६ मिलियन डलर पुगेको छ । रिभियूका अनुसार उनीहरुको सम्पति गतवर्षको भन्दा ३५ दशमलव ४ प्रतिशतले बढेको हो ।

प्रवासी नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष रहिसकेका उनको मेल्बर्नमा मेल्बर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था छ भने घरजग्गा लगयतका व्यवसायमा समेत उनिहरु सकृया छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १२:१५