२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

यार्सा संकलकबाट ६१ लाख ९२ हजार राजश्व संकलन


११ जेठ, मुगु । मुगुमा जिल्लामा यो वर्ष यार्सा टिप्न जाने यार्सा संकलकबाट प्रवेश शुल्क वापत ६१ लाख ९२ हजार रुपैयाँजम्मा भएको छ ।

गतवर्ष ५४ लाख उठेको थियो । मुगमकार्मारोङ गाउँपालिकाले जिल्लाबाहिरबाट आएका स्थानीयलाई २ हजार र जिल्लाभित्रकालाई १ हजार ५ सयका दरले राजश्व उठाएको थियो ।

यो वर्ष यार्सा टिप्न जाने स्थानीयबाट प्रवेश शुल्कवापत ६१ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन भएको मुगमकार्मारोङ गाउापालिका–२ का वडा अध्यक्ष कार्मा लामाले बताए । उठेको राजश्व गाउँपालिकाको विकास निर्माणमा खर्च गरिने भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ११:५८