९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

काठमाडौँमै भेटियो बर्डफ्लु, कुखुराको मासु खानेले सचेतता अपनाऔँ

११ जेठ, काठमाडौँ । राजधानीमा नै बर्डफ्लुको संक्रमण देखिएपछि संत्रास फैलिएको छ । राजधानीको पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी र्फममा पालिएका हांसमा बर्डफलु देखिएको स्वास्थ्य सेवा बिभागले जनाएको छ ।

बिभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. केदार सेन्चुरीले जानकारी दिनुभयो । बर्डफलु देखिएपछि राजधानीमा सर्तकता अफ्नाइएको छ ।

राजधानी बाहिरबाट काठमाडौ भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट हांस कुखुरा लगायतका पन्छी नउठाउन पनि सरकारले निर्देशन दिएको छ । आजबाट राजधानीका सबै पोल्टीर्फममा ¥यापिट रेस्पोन्स टिम पठाईने कृषि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले पशुसेवा बिभागलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ०७:५३