काठमाडौंको धर्मस्थलीमा बर्डफ्लु भेटियो
११ जेठ, काठमाडौं । काठमाडौंको नै बर्डफ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ । राजधानीको उत्तर पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएको हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ वटा पोल्ट्री फार्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए ।
बर्ड फ्लु देखिएपछि राजधानीमा सतर्कता अपनाइएको छ ।
राजधानीबाहिरबाट काठमाडौं भित्रिने र राजधानीका वरिपरि पालिएका फार्मबाट हाँस नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।
आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।
प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ०७:४०