४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

चट्याङ लागेर एककाे मृत्यु एक घाइते

१० जेठ,वीरगंज  । आज बिहान परेको चट्याङ लागेर पश्चिमी पर्साको जगरनाथपुर गाँउपालिका–५ मसिहानी बस्ने ३७ वर्षीय चन्द्रिका मुखियाको बाटामा हिँडिरहेका बेला घटनास्थलमै मृत्यु भएको छ ।

घटनाबाट वीरगञ्ज महानगरपालिका–३० लालपर्साका २८ वर्षीय श्याम पासवान घाइते भएकामा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार १९:४९