४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

यस्तो पो संघीयताः उपत्यका बाहिरका ११ विश्वविद्यालयका काठमाडाैँकाे सम्पर्क कार्यालय खारेज

१० जेठ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ ।

संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उहाँका निजी सचिव विनोद न्याैपानेले जानकारी दिनुभयो काठमाडौँ बाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयका पदाधिकारीले सम्पर्क कार्यालयबाट पनि काम गर्दै आएकामा अब त्यो क्रम रोकिएको छ ।

ती विश्वविद्यालयको ऐनमा व्यवस्था नभएको तथा आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनको सहजताका लागि यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ । विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको वर्गीकरण गरी संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको मापदण्ड तयार गर्दैछ ।

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार १८:२२