१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कुलोमा पानी लगाउन जाँदा बेलकोटगढी ११ का पाण्डेको लडेर मृत्यु

१० जेठ, नुवाकोट । नुवाकोटमा कुलोमा पानी लगाउन जाँदा लडेर एक जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का रूद्धजंग पाण्डेको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बुधबार बिहानै कुलोमा पानी लगाउन गएका पाण्डेको पानी थुन्नका लागि स्याउला खसाल्न रूखमा चढ्दा त्यहीबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । पाण्डेको श्रमति तीन छोरा रहेका छन । एक छोरा ठाकुरजंग पाण्डे नेपाली कांग्रेसको क्षेत्रीय महाधिवेशन प्रतिनिधि समेत हुन ।

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार १३:३९