१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेपाली राजदूतावास मलेसियामा कार्यरत मेनपावर व्यवसायी प्रविन प्रधान बर्खास्त

१० जेठ, काठमाडौँ । नेपाली राजदूतावास मलेसियाले कार्यरत कर्मचारी प्रविन प्रधानलाई बर्खास्त गरेको छ । प्रधान म्यानपावर व्यवासयी भएको प्रमाणसहितको समाचार दैनिकी डटकम लगायताका सञ्चार माध्ममा सार्वजनिक भएपछि दूतावासले प्रधानलाई बर्खास्त गरेको हो । प्रधानको बारेमा मंगलबार समाचार प्रकाशित भएपछि श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले समेत चासो देखाएका थिए ।

दूतावसले बधबार विज्ञप्ति जारी गर्दै प्रधान कुनै जिम्मेवारीमा नरहेको जनाएको छ । त्यसअघि नेपाली राजदूतावासमा कार्यरत प्रधान व्यवसायी रहेको प्रमाणसहितको समाचार प्रकाशित भएको थियो । दूतावासमा सवारी चालकको रुपमा मलेसिया पुगेका प्रधान उत्सव एच. आर. सोलुसन प्रा. लि. पिङ्गलास्थान–९ गौसलाको कार्यकारी निर्देशक रहेको खुलेको थियो ।

उनी नेपाली राजदूतावास मलेसियाको प्रशासनिक सवारी चालकको रुपमा काम गर्दै आईरहेका थिए । उनी दूतावासको कर्मचारीको हैसियतले मलेसियामा रहेको विभिन्न कम्पनीहरुमा गएर नेपाली कामदारहरुको माग पत्र लिने तथा दूतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गर्ने गरेको खुल्न आएको थियो ।

मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका नेपाली कामदारहरुसँग मलेसियन आरएम तीन हजार रुपैँया लिएर पासपोर्टसमेत बनाउने धन्दामा प्रधान रहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

–नेपाली राजदूतावास मलेसियामा कार्यरत कर्मचारी नै मेनपावर व्यवसायी (प्रमाणसहित)

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार १३:१०