२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सर्वोच्चद्वारा म्याच फिक्सिङ मुद्दामा पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाई

२ असार, काठमाडाैँ । राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाई दिएको छ। ६ वर्षअघि महानगरीय अपराध महाशाखाले तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापालाई पक्राउ गरेको थियो ।


मंगलबार सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो । प्रहरीले २०७२ साल असोज २७ गते उनीहरुलाई विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा   पक्राउ गरेको थियो । २०७५ जेठ २४ गते विशेष अदालतले उनीहरुलाई म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । त्यसलगत्तै उनीहरु विरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा दायर भएको थियो ।

प्रकाशित मिति : २ असार २०७७, मंगलवार १७:३१