१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

मध्यरातमा साथीकाे हत्या प्रयास, यसरी स्वीकारे तीन बालकले संलग्नता (भिडियोसहित)


९ जेठ, चितवन । चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीका छोरा रिवाज रेग्मीसहित तीन विद्याथीले आफ्नै साथीको हत्याको प्रयास गरेको स्वीकार गरेका छन । चितवनको खैरेहनी नगपालिका वडा नम्बर ३ मा रहेको सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रीनव लामिछानेमाथि हत्याकै नियतले कुटपिट गरेको कुटपिटमा संलग्ना तीन जनाले स्वीकार गरेका छन ।

गत बैशाख २८ गते लामिछानेलाई राति ३ बजे सोही स्कुलमा पढ्ने कृष थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले कुपिट गर्दै ज्यान लिनेखोजेको उनीहरुले स्वीकार गरेका छन । प्रहरीको हिरासतमै ती बालकसँग लिइएको वयानको दैनिकीले प्राप्त गरेको भिडियोमा पनि ती बालकहरुले साथीको हत्याको कोशिश गरेको बताएका छन ।

हेर्नुहोस् भिडियो

जिल्ला प्रहरी कार्याल य चितवनका प्रहरी नायव उपरिक्षक प्रभुप्रसाल ढकालले जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान भैरहेको जानकारी दिए । उनले धेरै कुरा अनुसन्धनकै चरणमा रहेको भन्दै धेरै बोल्न नमिल्ने बताए ।

यता श्रीनवकी आमा सृजना लामिछानेले भने दोषीलाई कारबाहीको माग गरेकी छन् । उनले भनिन् ‘हामीले भरोसा गरेको स्कुलमा यस्ता घट्नाहरु हुनु स्वभाविक रुपमा लिन सकिँदैन, समुहमा मिलेर ज्यान मार्ने सम्मको योजना बनाएर रातिको समयमा बाथरुममा लगेर कुटपिट गर्नुलाई हामीले के भन्ने ? यस विषयमा प्रशासन पनि बोलेको छैन्, सैनिक महाविद्यालयले पनि कुनै जवाफ दिएको छैन्, आज मेरो छोराको अवस्था ठीक छैन, आगामी दिनहरुमा उसको भविष्य के हुने ? कसरी उसले आफ्नो जिन्दगी चलाउने ?’ उनले घट्नालाई गुपचुप राख्नको लागि सैनिक महाविद्यालय र राजनीतिक शक्तिहरु लागेको भन्दै दुखेसो पोखेकी छिन ।

पीडित श्रीनवले भनेआफूलाई साथीहरुले मार्ने कोशिश गरेको बताएका छन । उनले ती साथी र उनीहरुको परिवारबाट आफूलाई भविष्यमा समेत खतरा हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन । उनले भने ‘गत बैशाख २८ राति ३ बजे को घट्ना हो, कृष थापा, रिवाज रेग्मी र अनिस श्रेष्ठले मलाई कुटे, कोहीले मुख थुने, कसैले घाँटी थिचे, त्यसपछि म बोल्न नसक्ने स्थितिमा पुगेको बेला अरु केही साथीहरुले थाहा पाएपछि मलाई बचाएका हुन ।’ यता अाजैमात्र रिवाजमा  पिता रेग्मीले दैनिकीसँग कुरा गर्दै घटनामा अाफ्नो छोराको संलग्नता नरहेको दाबी गरेका थिए ।

यो पनि पढ्नुहोस्

–हत्या प्रयास भनिएको घटनामा रिवाजको संलग्नता छैनः राजाराम रेग्मी

–चितवनको रत्ननगर बाणिज्य संघका अध्यक्ष रेग्मीका छोरा सहितले विद्यार्थीको हत्या प्रयास गरेको खुलासा

 

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार २०:५६