१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

लागुऔषध सहित बुटवलका एक युवा पक्राउ

९ जेठ, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले ठूलो परिणाममा लागुऔषधसहित एक युवकलाई आज पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका–६ ट्राफिकचोकस्थित राजमार्गमा जाँचका क्रममा बाग्लुङ बलेवा गाउँपालिका–२ का विजय कुँवरलाई नुफिन ३५० एम्पुल्स, फेनरागन ३५० एम्पुल्स र डाइजेपाम ३५० एम्पुल्ससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार २०:४७