१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

सुन तस्कर गोरे प्रहरी हिरासतमै असुरक्षित, सुरक्षा प्रबन्ध मिलाउन अदालतको आदेश

९ जेठ, बिराटनगर । साढे ३८ क्वीन्टल सुन तस्करी प्रकरणका नाइके मानिएका चुडामिण उप्रेती गोरे हिरासतभित्र असुरक्षित देखिएका छन । बुधबारबाट अदालतमा वयानका लागि उपस्थित भएका गोरेले आफू हिरासतमै असुरक्षित रहेको भन्दै सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरे । अदालतले पनि जिल्ला प्रहरी कार्यालय, मोरङलाई गोरेको सुरक्षा प्रबन्ध मिलाउन आदेश दिएको छ ।

जिल्ला अदालत, मोरङमा बुधबार करिब साढे ५ घण्टासम्म उनको बयान लिइएको छ । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १९:५४